असार ४, २०८०
नेपालको तराई क्षेत्रमा अझै पनि लू चलिरहेको छ । त्यस क्षेत्रमा वर्षा नहुँदा तापक्रम घट्न नसकेको हो । चर्को गर्मीमा उपभोक्ता लोडसेडिङमा बस्न बाध्य छन् । काठमाडौं उपत्यकामा पनि बेलाबेला बत्ती जाने गरेको छ । यद्यपि, राजधानी भएको र आलोचना बढी हुने भएकाले काठमाडौंको सहरी क्षेत्रमा भने खासै लोडसेडिङ हुँदैन । यही देखाएर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ देशभर लोडसेडिङ मुक्त भएको दाबी गर्ने गरेका छन् ।
तर, गाउँमा कयौं घन्टासम्म लोडसेडिङ हुन्छ । ‘एक दिनमै दर्जन पटकसम्म बत्ती जाने गरेको छ । तराई क्षेत्रमा लोड बढेको छ। तराईमा त ट्रान्सफरमर पडकिने गरेका छन् । घरायसी सामान प्रयोग बढेको छ । तरार्इमा कुनै ठाउँमा २०० केभीएको ट्रान्सर्फमर राखियो भने भोलिपल्ट नै ओभरलोड हुने अवस्था छ। उद्योगमा राति लोडसेडिङ हुन थालेपछि सरकारकलाई गुहारेका छन् ।
घिसिङ भने देशभर विद्युत विस्तार र लोडसेडिङ अन्त्यमा लाग्न छाडेर भारतमा विजुली निर्यात गरेको देखाएर चर्चा कमाइरहेका छन् । ज्ञात रहोस् नेपालले बर्खामा विजुली निर्यात गरेपनि हिउँदमा महँगो मूल्यमा भारतबाटै विजुली किन्छ ।
घिसिङ भने प्रणालीमा गडबढी आएका कारण बत्ति जाने, आउने समस्या बढेको दाबी गर्छन् । अहिले २ हजार मेगावाट प्रणालीमा छ । काबेली करिडोरको बाढीका कारण उत्पादन बन्द छ ।आइतबार पत्रकार सम्मेलन गर्दै घिसिङले निर्माण भइरहेका प्रसारणलाइन पूर्वाधार आयोजना सम्पन्न गर्न दिने गरी सबै पक्षले नसघाए अर्को वर्ष बिजुली आपूर्तिमा ‘विपत्ति’ आउन सक्ने बताए । देशभित्र विद्युत वितरण र प्रसारणलाइनको प्रणाली चुस्त बनाउन ८ खर्बसम्म लगानी गर्नुपर्ने उनको धारणा छ ।
प्रसारण, वितरण प्रणालीको निर्माण र सबस्टेसनका लागि मात्रै ठूलो लगानी आवश्यक भए पनि आगामी आर्थिक वर्षका लागि सरकारले असाध्यै न्यून बजेट विनियोजन गरेकामा समेत उनले असन्तुष्टि व्यक्त गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८