• वैशाख १९, २०८१, बुधवार Wednesday, 01 May, 2024

चितवनमा पार्टी प्रवेश गर्नेको लर्को


चितवनमा पार्टी प्रवेश गर्नेको लर्को

वडाध्यक्ष सहित दुई सय बढी नेकपा एसमा प्रवेश
असार–२, २०८०

पूर्वी चितवनको राप्ती नगरपालिकामा अहिले पार्टी प्रवेश गर्नेको लहर चलेको छ । वडा नं ७ की वडाध्यक्ष सुनिता डल्लाकोटी सहित करिब दुईसय जना नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेले टिकट नदिएपछि डल्लाकोटी २०७९ को सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचन लडेकी थिइन । प्रतिष्पर्धी अन्य उम्मेदवारलाई पराकिलो मतान्तरले पछि पार्दै निर्वाचन जितेकी डल्लाकोटी निर्वाचित भएको १३ महिनापछि एमालेबाट फुटेको समाजवादीमा प्रवेश गरेकी हुन ।

शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एसका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले डल्लाकोटीलाई पार्टी प्रवेश गराएका हुन । डल्लाकोटी राप्तीकी प्रभावशाली महिला नेतृको रुपमा परिचित छिन् ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही वडाको वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । डल्लाकोटी सहित अमृत खानेपानीका अध्यक्ष गङ्गा सिंह घले तथा बोधप्रसाद रिजाल, मंजा तामाङ लगाएत करिब २०० जना एकिकृत समाजवादीमा प्रवेश गरेको जनाइएको छ ।

सो कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्ण खनाल, जिल्ला अध्यक्ष अरुणपीडित भण्डारी, राप्ती नगरपालिकाका नगर प्रमुख मेयर शम्शेर लामा लगायत नेताहरुको सहभागिता रहेको थियो ।

  • प्रकाशित मिति : असार २, २०८०, शनिवार २१:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८