• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेताहरू बेलाबखत किन गर्छन् नेकपा ब्यूँताउने चर्चा ?

  • खबरदाता

नेताहरू बेलाबखत किन गर्छन् नेकपा ब्यूँताउने चर्चा ?

जेठ ३०, २०८०

राजनीतिक दलहरु जब अप्ठयारो स्थितिमा पुग्छन् त्यसपछि एकता र सहकार्यको रटान लगाउन थाल्दछन् । यसमा पनि विशेष गरी कम्युनिस्ट पार्टीहरुमा जुट्ने र फुट्ने कुरा बढी हुने गरेको छ । २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको पार्टी नेकपा विभाजन भइ अहिले तीन चिरामा विभाजित छ । निर्वाचनबाट कमजोर हैसियतमा पुगेका पार्टीहरु एक ठाउँमा उभिएर शक्तिआर्जन गर्नुपर्ने बाध्यतामा छन् ।

द्वन्द्वकालीन मुद्दाको चर्चा हुँदा एकताको कुरा गर्ने पूर्वमाओवादी नेताहरु अरुबेला वार्ता र सम्वाद गर्न बिर्सन्छन् । पूर्वमाओवादी बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबीच एकताको अन्तिम प्रारुप तयार भएको भनिए पनि त्यसले आकार ग्रहण गर्न सकेको छैन । यी दुई दलले कार्यदल नै बनाएर एकताको प्रयास गरे पनि नगरेका होइनन् । अहिले फेरि पुरानै नेकपा ब्युँताउने अर्को चर्चा पनि राजनीतिक बृत्तमा भईरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपाकालीन पार्टी ब्यूँताउनु पर्नेमा जोड दिन थालेका छन् । अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सुदृढ गर्ने अभियानमा आफू अघि बढ्ने बताए ।अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने उनको धारणा थियो ।  विचार र व्यवहारमा फराकिलो अन्तर देखिएका समाजवादी र एमालेका नेताहरु नै तत्काल यो सम्भव देख्दैनन् ।त्यसो त केहीसमय अगाडिसम्म पनि नेता घनश्याम भूसालले देशमा बाम एकताको खाँचो रहेको बताउँदै ‘कम्युनिस्ट आन्दोलनलाई फेरि एकीकृत बनाउँदै अगाडि बढ्नु पर्ने बताएका थिए ।

  • प्रकाशित मिति : जेठ ३०, २०८०, मंगलवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८