• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माधव नेपालको आह्वान

  • खबरदाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माधव नेपालको आह्वान

जेठ २८, २०८०

 

नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउन आह्वान गरेका छन् ।

शनिवार शनिवार भक्तपुरमा आयोजित नेकपा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ब्युँताउन आफू तयार रहेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आफु तयार रहेको स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले ७० वर्षको उमेरहद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि उनले लगाए । आफू ७० वर्ष कटेपछि पार्टीको पदमा नबस्ने उनको भनाइ छ ।

‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौँ, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसद्मा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ, नेकपा एसका अध्यक्ष नेपालले भने, ुहामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसै कसैलाई लागेको छ, एमालेमा विलय हुन्छ यो िएमालेमा त आफैँ रुवाबासी चलिरहेको छ ।

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको बताए । उनले राजावादीहरुले टाउको उठाउने कोशिस गरेपनि सफल हुन नदिने जिकीर गरे ।

  • प्रकाशित मिति : जेठ २८, २०८०, आइतवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८