• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मनसुन नभित्रिएसम्म तापक्रम अझै बढ्ने !

  • खबरदाता

मनसुन नभित्रिएसम्म तापक्रम अझै बढ्ने !

जेठ २२ ,२०८०

 

 

केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशभर गर्मी बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसमको पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्। गर्मीले जनजीवन प्रभावित भएको छ ।वरिष्ठ मौसमविद् मानन्धरका अनुसार, “प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय भएकाले अझै केही दिन वर्षा हुँदैन।”नेपालमा सरदर पूर्वी नेपाल भएर १३ जूनमा मनसुन भित्रिने गर्छ। यो पटक मनसुन करीब दुई साता ढिला गरी अर्थात् असारको पहिलो साता मात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको छ। त्यतिन्जेल गर्मी घट्न मुश्किल हुने महाशाखाले जनाएको छ।उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ। “तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौं उपत्यकामा पनि क्रमिक रूपमा तापक्रम बढिरहेको छ।

मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने अबको तीन दिन छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। पछिल्लो केही दिनयता काठमाडौंको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि चर्को घाम लाग्ने गरेको छ।केही दिनयता अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सा सहित तराई९मधेशका जिल्लाको जनजीवन कष्टकर बनेको छ। तराई९मधेशका केही जिल्लामा अधिकतम तापक्रम ४० देखि ४४ डिग्री सेल्सियससम्म पुगेको छ। तराई क्षेत्रमा मौसम सफा रहने हुनाले अझै गर्मी बढ्ने उनको भनाइ छ।

  • प्रकाशित मिति : जेठ २२, २०८०, सोमवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८