• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

नारायणी नदीमा नारायणी बिच एडभेन्चर रिसोर्ट सञ्चालन


नारायणी नदीमा नारायणी बिच एडभेन्चर रिसोर्ट सञ्चालन

चैत्र २२, २०७९ / टिकादत्त तिमिल्सिना

चितवनको नारायणगढ र गैंडाकोटविच भै वग्ने नारायणी नदीमा गैंडाकोटतर्फको किनारमा १४ करोड लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ५ कुसुमघाट स्थित नारायणी नदी किनारमा नारायणी बिच एड्भेञ्चर रिसोर्ट प्रालि सञ्चालनमा आएको हो । मंगलबार एक समारोहबीच रिसोर्टको औपचारिक रुपमा उद्घाटन भएको छ । पर्यटकलाई जलपर्यटनको गतिविधि र खेललाई आकर्षण र प्रर्वद्धन गर्ने उद्धेश्यसहित रिसोर्ट सञ्चालनमा ल्याईएको हो । सिन्धुपाल्चोकको सुकुटे विच रिसोर्ट गोर्खाको गोर्खा विच रिसोर्ट पछि गैंडाकोटमा यो रिसोर्ट सञ्चालनमा ल्याईएको सञ्चालक महेन्द्रसिंह थापा बताउंँछन ।

‘नेपालमा जलपर्यटनको उत्तिकै संभावना छ, यसलाई साहसिक खेल र मनोरञ्जन दुबै दिन सकिन्छ ।’ थापाले भने । पछिल्लो समय जल गतिविधिमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकोले आफूले गैंडाकोटमा रिसोर्ट सञ्चालनमा ल्याईएको उनको भनाई छ । रिसोर्ट ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । यहांँ २१ वटा डिलक्स रुम, दुईवटा स्वीमिङ्ग पुल , स्नुकर पुल लगायत संरचना छन ।

पर्यटकलाई अग्र्यानिक स्वादको साथमा नारायणी तथा निकुञ्जको दृश्यावलोकन गर्न पनि रिसोर्टको अवधारणा ल्याईएको थापाले बताए । १४ करोड लगानी भईसकेको यो रिसोर्टमा थप ६ करोड लगानी गर्ने लक्ष्य लिइएको उनको भनाई छ । ‘मैले रिसोर्टको संरचनाको सबै काम सकें अब वाटर एक्टीभिटीजमा आक्रामक रुपले लाग्छु ।’ थापाले भने । हाल रिसोर्टमा साना र ठुला क्षमताको गरी पांँचवटा मोटरवोट संञ्चालनमा ल्याईएका छन । यो मोटरबोटबाट देवघाटसम्म पर्यटकहरुलाई घुमाउने गरिएको र भविष्यमा मुग्लिनसम्म जलयात्रा गरिने उनले बताए । जलपर्यटनमा पर्यटकलाई आकर्षण गर्न अत्यधुनिक प्रविधिको ‘जेटस्की’ ल्याईन लागिएको छ ।

चार दशक भन्दा अघि पर्यटन क्षेत्रमा होमिएका थापा ¥याफ्टिङ र ट्रेकिङको अनुभवबाट २०५२ सालबाट सुकुटे रिसोर्ट सञ्चालनमा ल्याएका थिए र अन्य जिल्लाहरुमा पनि यस्ताखाले रिर्सोट छिट्टै नै सञ्चालनमा आउने उनको भनाइृ छ ।

  • प्रकाशित मिति : चैत २२, २०७९, बुधवार २१:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८