• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शरणार्थी प्रकरण : प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै

  • खबरदाता

शरणार्थी प्रकरण : प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै

जेठ  ८,२०८०

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ । बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्नेछ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न तीनदिनको म्याद थपिएको थियो । शनिबारदेखि लागु हुनेगरी तीनदिनको म्याद थप भएको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिएका छन् ।

अहिलेसम्म कुन कसुरमा मुद्दा चलाउने भन्ने विषय टुंगिसकेको छैन । प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि मात्र कसुरबारे टुंगो लाग्ने न्यायाधिवक्ता खत्रीले बताएका छन् ।

उनका अनुसार संगठित अपराध, प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरू नक्कल गरेको, सरकारी कागजात किर्ते गरेको, राष्ट्रकै अपमान हुने काम गरेको कसुरमा मुद्दा चलाउन सकिने विषयमा अध्ययन भइरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरू प्रहरी नियन्त्रणमा छन् ।

  • प्रकाशित मिति : जेठ ८, २०८०, सोमवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८