• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ

  • खबरदाता

श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ

जेठ ४,२०८०

 

रोल्पामा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। सुनछहरी गाउँपालिका-६, फागामका ३९ वर्षीय गर्भे विक पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २ गते काठमाडौंको चन्द्रागिरि महानगरपालिका-१० सतुंगलबाट पक्राउ गरेको हो।

उनले श्रीमती २६ वर्षीष केशु विकको हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार २०७९ फागुन २० गते उनले श्रीमतीको हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्यांकीमा फ्याँकेका थिए।

पक्राउ परेका उनलाई आवश्यक कानूनी कारबाहीका लागि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको छ।

  • प्रकाशित मिति : जेठ ४, २०८०, बिहीवार १३:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८