• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

  • रासस

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

बैशाख २९, २०८०

 

 

 

झापाको पूर्वी नाका काँकडभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको विभिन्न सामग्री आयात भएको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
यस नाकाबाट सोही अवधिमा१६ अर्ब तीन करोड १७ लाख तीन हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

उक्त अवधिमा १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १० अर्ब ४३ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए ।
उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालु आवको चैत मसान्तसम्म सबैभन्दा धेरै १४ अर्ब ५० करोड ३३ लाख रुपैयाँ बराबरको हवाई स्प्रिट आयात भएको छ ।

त्यस्तै जुट दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना एक अर्ब ६० करोड २९ लाख, तरकारी एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ ९५ करोड ५६ लाख, दाल ८४ करोड ४१ लाख, कपडा ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पीभीसी रेजिन ८० करोड ५५ लाख रुपैयाँको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

सो अवधिमा काँकडभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै छ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।
फलामजन्य सामग्री दुई अर्ब ९८ करोड ९९ लाख, चिया दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो ७२ करोड ९० लाख, अदुवा ४३ करोड ५२ लाख, पशु आहार ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी २८ करोड ८४ लाख, दलहन २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ २१ करोड ३७ लाख रुपैयाँ बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख २९, २०८०, शुक्रवार १२:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८