बैशाख- २६,२०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
स्रोतका अनुसार भेटवार्ता जारी नै रहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण चरम उत्कर्षमा पुगेका बेला भेटवार्ता भइरहेको हो। आज भइरहेको भेटवार्तालाई चासोको रूपमा हेरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८