बैशाख-२४, २०८०
नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पदभार ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका थिए ।
शपथ लगत्तै उनी सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि सो मन्त्रालयको जिम्मेवारी महिन्द्रराय यादवले पाएका थिए । यादवको मन्त्रालय हेरफेर भएर खानेपानी मन्त्रालयमा पुगेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८