बैशाख १४, २०८०
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो।
पाण्डे गत मंसिर ४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। पाण्डे कांग्रेसका केन्द्रीय सदस्य पनि हुन्।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङका पाण्डे नेविसंघ, तरूण दल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय छन्।
पाण्डे २०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। त्यसबेला उनी राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८