• वैशाख ४, २०८१, मंगलवार Tuesday, 16 April, 2024

अजरबैजान पुऱ्याइ ठगी गर्ने पक्राउ

  • खबरदाता

अजरबैजान पुऱ्याइ ठगी गर्ने पक्राउ

बैशाख १४,  २०८०

 

 

नेपाल प्रहरीले अजरबैजान पुऱ्याइ रु आठ लाख ५० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अजरबैजानको होटलमा मासिक सात सय डलर कमाइ हुने भनी रु आठ लाख ५० हजार ठगी गर्ने दाङ लमही नगरपालिकाका २५ वर्षीय भीमकुमार सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले अजरबैजानको होटलमा मासिक सातसय डलर कमाइ हुन्छ भनी अजरबैजान लगेर पाँच महिनासम्म अलपत्र पारेको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिए । पीडित कमलप्रसाद भण्डारीले ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिएका थिए ।

पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको ब्यूरोले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख १४, २०८०, बिहीवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८