• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रबि लामिछाने ५४ हजार बढी मतका साथ दोस्रो पटक बिजयी

  • खबरदाता

रबि लामिछाने ५४ हजार बढी मतका साथ दोस्रो पटक बिजयी

बैशाख १२,२०८०

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन।

उनी ५४ हजार २७६ मत ल्याए बिजयी बन्दै गर्दा प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत ल्याए । यस्तै नेकपा एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याए ।

यसअघि मङ्सिर ४ को निर्वाचनमा पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए ।अहिले उनले त्यति बेला पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरे । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । अहिले उनले ५४ हजार ९७४ मत पाए ।

नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।

  • प्रकाशित मिति : वैशाख १२, २०८०, मंगलवार १२:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८