चैत २९,२०७९
चितवनको कालिका र भरतपुरमा भएका छुट्टाछुट्टै दुर्घटना दुइजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा १८ महिनाकी यान्बि तमाङ र २१ बर्षका रामबहादुर ठकुरी रहेका छन।
प्रहरीले जनाए अनुसार बुधबार अन्दाजी ३:१५ बजेको समयमा कालिका न।पा। २ को भित्रि सडकमा ना.१५ प.३७७२ नम्बरको मोटरसाइकल र बा.प्र.०३-०४प ९५१७ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधनका चालकहरु घाइते भएका थिए।
उक्त दुर्घटनामा मोटरसाइकल चालक फलेबास न।पा।३ पर्बत घर भई हाल भरतपुर ११ विशाल चोक बस्ने वर्ष २३ को लाल प्रसाद सुवेदी र स्कुटर चालक धादिङको गल्छी बस्ने वर्ष २१ को राजकुमार ठकुरी घाइते भएकोमा उपचारका क्रममा लामाको ४:१० पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु हो।
यस्तै ५ बजेको समयमा भरतपुर १५ स्थित मंगलपुरमा ना २ ह ११९२ नम्बरको अटोलाई ना २ ह ७३१७ नम्बरको अटोले ठक्कर दिदाँ ७३१७ नम्बरको अटोमा सवार सोहि स्थानकि बर्ष ३४ की सुमित्रा तामाङ र निजकी छोरी १८ महिनाकी यान्बी तामाङलाई प्रदेश २-०३-००१च ५७९९ नं को पिकअपले ठक्कर दिदाँ दुवैजना घाइते भएका थिए।
शरिरको बिभिन्न भागमा चोटपटक लागी गम्भिर घाईते मध्ये उपचारको क्रममा १८ महिनाकी यान्बी तामाङको पुरानो मेडिकलकलेजमा ५:३० बजेको मृत्यु भएको हो।अन्य घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८