चैत्र १७,२०७९
भरतपुर । चितवनका पत्रकार विप्लव काफ्ले युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा काफ्लेलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका थिए । काफ्ले बिगत डेढ दशकदेखि विभिन्न संचार माध्यममा काम गर्दै आइरहेका छन।
नेपाल प्रेस युनियन चितवनको कोषाध्यक्ष समेत रहेका काफ्ले पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य हुन् । चितवनका सामाजिक, आर्थिक, विकासका विषयमा कलम चलाउँदै आइरहेका उनले १५ हजार राशि बराबरको पुरस्कार पाएका हुन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८