• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

एक दर्जन बढी आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

  • खबरदाता

एक दर्जन बढी आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

चैत्र ११,२०७९

 

काठमाडौँ । विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन अनिश्चित भएको छ । त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको थियो ।

विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । सोहीअनुसार ४४ वटा आङ्गिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न भइसकेको छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र अन्य क्याम्पसमा पनि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसहरूमा आउँदो वैशाख ५ भित्र निर्वाचन सम्पन्न गर्नैपर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : चैत ११, २०७९, शनिवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८