• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जीत

  • एजेन्सि

एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जीत

चैत्र ११,२०७९

 

किलियान एम्बाप्पेले फ्रान्सको कप्तानको रुपमा सुखद् सुरुवात गरेका छन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हासिल गरेको हो ।

एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए । २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि व्यक्तिगत ३७ औँ गोल गर्दै अग्रता फराकिलो बनाए ।

दोस्रो हाफमा एम्बाप्पेले अर्को गोल थप्दै जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर नेदरल्याण्डका मेम्फिस डिपायले पेनाल्टीबाट सान्तवना गोल गर्ने अवसर गुमाएका थिए ।

एम्बाप्पेलाई कप्तान बनाएकोमा ग्रिजमान असन्तुष्ट रहेको रिपोर्टहरू सार्वजनिक भए पनि शुक्रबारको खेलमा दुईबीच कुनै टकराब देखिएन । ग्रिजमानले एम्बाप्पेकै पासमा पहिलो गोल गरेका थिए ।

  • प्रकाशित मिति : चैत ११, २०७९, शनिवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८