• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो

  • खबरदाता

एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो

चैत्र ९, २०७९

 

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो।

सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

“भारतमा सङ्क्रमण बढिरहेको छ । भारतबाट सङ्क्रमित नेपाल आइरहेका छन्”, उनले भने, “हिजोमात्र सीमानाकाबाट सात सङ्क्रमित नेपाल आएका छन् ।” उनले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए । उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा ९बुस्टर डोज० सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

  • प्रकाशित मिति : चैत ९, २०७९, बिहीवार २०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८