चैत्र ८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० चैतभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताइरहे पनि सजिलो छैन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट बनेको नयाँ गठबन्धनका दललाई भागवण्डा पु¥याउन उनलाई सजिलो हुने छैन । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० मन्त्रालयमा दाबी ठोकेका बेला बाँकी आठ दलको पनि आआफ्नै अड्डी छन् । एमालेसँग सहकार्य गरेका बेला प्रधानमन्त्रीबाहेक खासै मालदार मन्त्रालय नपाएको माओवादी पनि पाँच मन्त्रालयको अडानमा छ ।
पहिलो कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे सहमति भएको छैन । त्यसपछि कुनकुन मन्त्रालय लिने भनेर सहमति हुनेछ । त्यति मात्र होइन् दलहरुभित्र पनि मन्त्रीका लागि आकांक्षिको लस्कर रहेकाले प्रचण्डले १० चैतभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने भनेपनि उनका सामु महाभारत हुनेछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक २१ मन्त्रालय छन् । तीन राज्यमन्त्री बनाउन पाइन्छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् मात्र बनाउन मिल्ने संवैधानिक प्रावधान छ ।
तर, कांग्रेसले १०, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ३(३, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीले २(२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन् । यसरी मन्त्रालय दाबी गर्ने २७ पुगेका छन् । जबकि, मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्रालय मात्र छन् ।
यही भद्रोगोलको अवस्था बुझेर कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा संसदभित्रको अंकगणितभन्दा अस्वाभाविक हुने गरी दाबी गर्दा मन्त्रालय बाँडफाँटमै समस्या हुने बताएका छन् । ‘दलहरू धेरै छन्, दलभित्र आकांक्षीहरू झन् धेरै छन् । त्यसलाई मिलाउँदा केही समय लाग्न सक्छ । तर लामो समयदेखि मन्त्रालयहरू नेतृत्वविहीन भएकाले समयको दबाबलाई पनि ध्यान दिनुपर्नेछ,’उनले भने ।
कांग्रेस गृह वा अर्थसहित १० मन्त्रालयमा दाबी ठोकिरहेको छ । भने माओवादीको रोजाइमा गृह मन्त्रालय छ । यसबाहेक एकीकृत समाजवादीको दाबी पनि गृह मन्त्रालयसहित तीन मन्त्रालयमा छ । यसअघि एमालेले लिएका अर्थ, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, स्वास्थ्य तथा जनसंख्या र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यसबाहेक गृह वा अन्य एक मन्त्रालय कांग्रेसले बताइरहेको छ ।
। यसअघि गृह मन्त्रालय पाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता गठबन्धनतिर ढल्किसकेको छ ।
यो दलले सरकारमा जाने निर्णय नगरेपनि विश्वासको मत दिइसकेको छ । चैतमा चितवनमा हुने उपचुनावबाट पार्टी सभापति रवी लामिछाने फेरि जितेर आउने र त्यसपछि सरकारमा जानेगरी यो दलले बागर्नेनिङ गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीको रिहाइलाई मुख्य एजेण्डा बनाए पनि उपप्रधानसहित मालदार मन्त्रालय पाए सरकारमा जान इच्छुक छ । यद्यपि, यो दलले यसबारे औपचारिक निर्णय गरिसकेको छैन । हालको अवस्था हेर्दा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्र सरकार बाहिर हुने देखिन्छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८