• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने 

  • खबरदाता

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने 

चैत्र ५, २०७९

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ ।

 

आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ ।

पार्टीका एक नेताले अहिलेको परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय बैठकले लिएको जानकारी दिए ।

पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने कुरा भएको उनको भनाइ छ । यस विषयमा ठोस निर्णय भने लिइएको छैन ।

रास्वपामा सरकारमा अहिले जानु नहुने मत पनि छ ।

केही नेताहरूले सरकारमा आउने र जाने गरिरहँदा पार्टी अस्थिर देखिने बताउँदै आएका छन् ।

  • प्रकाशित मिति : चैत ५, २०७९, आइतवार १३:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८