• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चैत्र ४ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

  • खबरदाता

चैत्र ४ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

चैत्र ४ , २०७९

 

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं.११४३ वसन्त ऋतु वि.सं. २०७९ चैत्र ४ गते शनिबार तद्अनुसार सन् २०२३ मार्च १९ तारिख चैत्र कृष्ण पक्षको एकादशी तिथि ८ः२९ पर द्वादशी तिथि श्रवण नक्षत्र शिव योग कौलव करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१२ बजे र सूर्यास्त साँझ १८ः१४ बजे हुनेछ ।

आजको राशिफल

मेष – कर्मबल वृद्धि हुने र पारिवारिक सम्पति भागबन्डाको समय छ । आफन्तजनबाट टाढिनुपर्ला । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । विश्वासपात्रले धोका दिन सक्छन् । लगनशीलताले ठूलो काम बन्न सक्छ । सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – आजको दिन विवाद, लाञ्छना जस्ता समस्या आउन सक्छन् भने धनको पनि हानी होला । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव बढ्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो पनि सामाजिक प्रतिष्ठामा पनि कमी आउला । धैर्यशील रहनु हितकर हुनेछ ।

मिथुन – आजको दिन त्यति शुभदायी नरहे पनि निरासाजनक नहोला । भागदौड बढ्नेछ । पारिवारिक समस्याहरू देखापर्ने छन् भने साझेदारीमा विवाद बढ्ने योग छ । पतिपत्नीमा असमझदारी उत्पन्न हुन सक्छ । साझेदारीमा भने फाइदा हुनेछ । परोपकारजन्य काम सम्पादन गरिएला । मनोबल उच्च नै रहनेछ । आरोग्य वृद्धि होला । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । तथापि, बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । खासगरी विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका काम बन्नेछन् । अतिरिक्त आम्दानी बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ख्याति फैलिनेछ ।

सिंह – समय मिश्रित परिणामदायी रहला । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । कार्यबोझ वृद्धि बढ्नेछ । नयाँ उद्योग–धन्दाको थालनी भने गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिएला । स्थानान्तरणको पनि योग छ । स्वास्थ्य समस्याले सताउन सक्छ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप पनि आइलाग्न सक्छ, धैर्यशील रहनु हितकर होला । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रामा भएकाहरूलाई भने समय अनुकूल देखिन्छ । नयाँ काम बन्नेछ । विलासमा रुची बढ्नेछ ।

तुला – व्यस्तता वृद्धि हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – व्यापार(व्यवसाय विस्तार हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोचने शक्ति बढ्ने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन् । तथापि, तर, विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन् ध्यान राख्नु हितकर होला । कर्मबलका साथै दायित्व बढ्नेछ । आमोद प्रमोदमा रमिरहनुहुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ ।

धनु – सामाजिक प्रतिष्ठा बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । सहयोगीको राम्रो साथ पाइनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला ।

मकर – आरोग्यता बढ्ने समय भए पनि बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । तथापि, सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । रसरागमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । सुख शांति बढ्ला ।

मीन – बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने समय भए पनि आज विभिन्न अवसरले पछ्याउनेछन् । गरिआएको व्यवसाय तथा उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका स्रोत भेटिनेछन् । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आफन्तको साथ मिल्नेछ । आशा उत्साह बढ्नेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : चैत ४, २०७९, शनिवार ०६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८