• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

कोरोना संक्रमित बढ्दै

  • रासस

कोरोना संक्रमित बढ्दै

चैत ३ ,२०७९

 

कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या फेरि बढ्न थालेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय संक्रमित बढिरहेका हुन्।

फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्।

फागुन २६ गते सक्रिय संक्रमित पाँच जना, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र छ जना नयाँ संक्रमित र २० सक्रिय संक्रमित छन्।

इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार भारतमा संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेको हो।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ।

  • प्रकाशित मिति : चैत ३, २०७९, शुक्रवार २०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८