• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

आजबाट डिडिसिले दुधको मुल्य लिटरमा ११ रुपैयाँ बढायो

  • खबरदाता

आजबाट डिडिसिले दुधको मुल्य लिटरमा ११ रुपैयाँ बढायो

चैत्र २, २०७९

 

दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागु हुनेगरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि सरकारले किसानका लागि दूधको मूल्य निर्धारण गरेको र संस्थाकै आन्तरिक लागत समेत बढ्ने भएकाले दूधको मूल्य बढाउनु परेको उनले बताए । धेरै क्षेत्रको दूध संकलन गरेर ल्याइ त्यसलाई प्रशोधनपछि वितरण गर्नु पर्ने भएकाले लागत बढ्न गई प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाउनु परेको उनको भनाइ छ ।

यससँगै दूधको मूल्य अब ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ पुग्ने भएको छ । यस्तै प्याकेट ४३ रुपैयाँ पर्ने स्टान्डर दूधको मूल्य अब ४८.५० रुपैयाँ पुगेको छ ।

  • प्रकाशित मिति : चैत २, २०७९, बिहीवार ०६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८