• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

दिपेशको ह्याट्रिकले नेपाल यू-१९ विश्वकपमा

  • खबरदाता

दिपेशको ह्याट्रिकले नेपाल यू-१९ विश्वकपमा

फागुन १८,२०७९

 

दिपेश कँडेलले ह्याट्रिक गरेपछि नेपाल श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएको छ।

आईसीसी यू-१९ विश्वकपको एशिया छनोटमा बिहीबार यूएईलाई पराजित गर्दै नेपाल छनोट भएको हो। नेपालले यूएईलाई सात रनले पराजित गर्दै विश्वकपमा छनोट भएको हो।

अन्तिम तीन ओभरमा यूएईलाई ११ रन आवश्यक थियो। ४८औं ओरमा आएका दिपेशले पहिलो बलमा एक रन दिए। दोस्रो बल डट फालेका उनले तेस्रो बलमा दुई रन खर्चिए। त्यतिवेला यूएईलाई १६ बलमा आठ रन आवश्यक थियो।

त्यसपछि चौथो बलमा हरसित सेठलाई बोल्ड गरे। पाँचौ बलमा हरित हरिश सेट्टीलाई देव खनालको हातमा क्याच गराए। ओभरको अन्तिम बलमा मनिस जागेशलाई बोल्ड गर्दै नेपाललाई यू(१९ विश्वकपमा पुर्‍याएका हुन्।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८४ रनमै समेटियो। यूएईका लागि इथान कार्ल्स डिसुजाले ५०, आर्यन सक्सेनाले ३४, आयांश शर्माले ३२, अम्मर बदामीले १९ र ध्रुव पराशरले १७ रन बनाए।

नेपालका लागि दिपेश कँडेलले पाँच, हेमन्त धामी र सुवास भण्डारीले दुई(दुई विकेट लिए।

यसअघि नेपालले ४८।५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले अर्धशतक बनाए। खनालले ८४ बलमा ५१ रन बनाए।

त्यस्तै, विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दीपेश कँडेलले १५, हेमन्त धामीले १३, मिलन बोहराले १०, आकाश त्रिपाठीले नौ, आकाश चन्दले चार, अर्जुन कुमालले तीन र सुवास भण्डारीले दुई रन बनाए।

यूएईका लागि ध्रुव परासरले तीन, आयान अफजल खानले दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक९एक विकेट लिए।

नेपाल सात वर्षपछि यू-१९ विश्वकपमा पुगेको हो। यसअघि सन् २०१६ मा यू-१९ विश्वकप खेलेको थियो।

  • प्रकाशित मिति : फागुन १८, २०७९, बिहीवार २०:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८