• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

भरतपुरमा चिर्पटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ

  • खबरदाता

भरतपुरमा चिर्पटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ

फागुन ११,२०७९

 

 

चितवन । आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनले ७८ वर्षीया आमा मीनाकुमारी घलेलाई मादक पदार्थ सेवन गरी दाउराले टाउकामा प्रहार गरी हत्या गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार आमा–छोराबीच विवाद हुँदा उनले बुधबार राति ९ः२५ बजे दाउराले प्रहार गर्दा आमाको मृत्यु भएको हो । छोरा पुरनलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज दिउँसो घर नजिकैको चौरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दए।

  • प्रकाशित मिति : फागुन ११, २०७९, बिहीवार २०:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८