माघ २८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन पछिल्लो समय अप्ठयारोमा पर्दै गएको छ । सात दलीय गठबन्धनका सात थरी बिचारले अप्ठयारो गराएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत सबै दल सहभागी हुन छाडेका छन् ।पाँच वर्षसम्म आलोपालो गरी सरकार चलाउने सहमति गरेका सात दलबीच सुरु भएको खटपट उत्कर्षमा पुग्न थालेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार ढलेसँगै सत्ता गठबन्धनभित्रको असन्तुष्टि छताछुल्न हुन थालेको छ । एमाले अध्यक्ष ओली पनि सुदूरपश्चमको घटनाबाट तर्सिएका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन दिनसम्म आइपुुग्दा गठबन्धनमा धेरै उचार चढाव बढ्ने देखिन्छ ।
गठबन्धनभित्रै एकता नरहेको देखिन्छ ।बल्लतल्ल बसेको संयन्त्रको गठबन्धनमा चार नेता मात्र सहभागी भए ।गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता बैठकमा सहभागी भएनन् । त्यसो त सरकार बनाउन गठबन्धन गरेको जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारलाई बिहीबार विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टी समेत गठबन्धनको बैठकमा सहभागी भएन । उसले आफ्ना नेता रेशम चौधरीको रिहाइलाई एकसूत्रीय माग बनाउँदै आएको छ ।यता, जनमत पार्टी भने संयन्त्रको बैठकमा आफूलाई नबोलाइएको भन्दै असन्तुष्ट बनेको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा देखिएको विवाद र किचलोले यसको औचित्यमाथि थप प्रश्न उब्जाएको छ । संयन्त्रको कुनै संवैधानिक हैसियत भने छैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८