• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त, शपथ भोलि

  • खबरदाता

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त, शपथ भोलि

माघ २६, २०७९

 

 

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासकोमत नपाएपछि ठूलो दलका हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले शाहलाई  मुख्यमन्त्रीमा नियुक्त गरे।

 

विश्वासको मत नपाएपछि बिहीवार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए। रावल नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री बनेका थिए। तर उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल आजै पदमुक्त भएका हुन्।

आज नियुक्त भएका शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनले १० हजार ४३३ मत ल्याएका थिए।

कांग्रेसको केन्द्रीय महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेका उनी जिल्ला अधिवेशनदेखि संस्थापन अर्थात् देउवा पक्षमा छन्। उनी ०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएका थिए।

प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन्। नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र र राप्रपाका १ सांसद छन्।

संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भएका थिए।

धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

त्यस अनुसार १९ सिटसहित प्रदेशसभामा ठूलो रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता कमल शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। शपथ ग्रहण भोलि हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

  • प्रकाशित मिति : माघ २६, २०७९, बिहीवार २०:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८