• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

टर्कीए भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु

  • एजेन्सि

टर्कीए भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु

माघ २४, २०७९

 

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी हालसम्म ४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।

भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन् । यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने आपत्कालीन सुरक्षाकर्मीले बताएका छन् ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीएका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएको बताएका छन् ।

करिब ६ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको छ ।

अहिलेसम्म झण्डै दुई सय पराकम्प भएकाले जोखिम मोलेर उद्धारमा जुट्न विलम्ब भएको छ ।

  • प्रकाशित मिति : माघ २४, २०७९, मंगलवार १६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८