• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्छ : गगन थापा

  • खबरदाता

सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्छ : गगन थापा

माघ २०, २०७९

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै महामन्त्री थापाले यस विषयमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग पनि कुरा गरेको उल्लेख गरेका छन्।

थापाले भनेका छन्, “एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष ९जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ० लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर, त्यसो हुन सकेन।”

बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने थापाको भनाइ छ। उनले भनेका छन्, “बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको वेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ।”

माघ १८ गते पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। निलम्बन फुकुवा भएसँगै उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी गराइएको छ।

  • प्रकाशित मिति : माघ २०, २०७९, शुक्रवार १९:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८