• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शिक्षा विधेयक छोडेर किन नयाँ विश्वविद्यालयका लागि लागिपरेको छ सरकार ?

  • खबरदाता

शिक्षा विधेयक छोडेर किन नयाँ विश्वविद्यालयका लागि लागिपरेको छ सरकार ?

माघ १९,२०७९

 

 

मुलुकले संघीय संरचनाको अभ्यास गरेको पाँच वर्ष वित्दा पनि अझै शिक्षा ऐन जारी हुन सकेको छैन । जसकारण शिक्षा संघीय संरचना अनुसार विकेन्द्रिकरण हुन सकेको छैन ।
तर, सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अगाडि बढाएको हो । विधेयक संसदबाट समितिमा पुगेर छलफल भइरहेका बेला सरकारको नियतप्रति शंका उब्जिएको छ ।

विद्यमान विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम गरेर व्यवस्थित बनाउनुको सट्टा संघीय मर्म विपरित केन्द्र सरकारले विश्वविद्यालयको अनुमति बाँड्नुलाई सत्तारुढ दलकै सांसदहरूले पनि सकारात्मक रुपमा लिएका छैनन् ।झन्डै तीन करोड जनसंख्या रहेको मुलुकमा १४ वटा विश्वविद्यालय पुगिसकेका छन् । जसमा धेरैजसो सरकारी विश्वविद्यालय नै छन् । भएका विश्वविद्यालयले गुणस्तर सुधार गर्न नसकेको र राजनीतिक अखडा केन्द्र बनेका बेला सरकारले निश्चित स्वार्थ समूहलाई पोस्न विश्वविद्यालय खोल्ने बाटो अगाडि बढाएको देखिन्छ ।संघीय संरचना अनुसार केन्द्रीय विश्वविद्यालय केन्द्र सरकारले चलाएर तत्कालीन क्षेत्रीय विश्वविद्यालय सञ्चालनको अधिकार प्रदेश सरकारलाई दिनुपर्ने हो । तर, संघले क्षेत्रीय विश्वविद्यालय पनि नछोडेपछि प्रदेश सरकारले छुट्टै विश्विद्यालयको घोषणा गरेका छन् । यसरी संख्या मात्र बढाउने तर गुणस्तरमा ध्यान नदिने हो नेपाली विद्यार्थी विदेशिने क्रम झनै बढ्ने निश्चित छ ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटा पनि सरकारको यो रबैयाप्रति सन्तुष्ट छैनन् । अहिले चलिरहेका विश्वविद्यालयको अवस्था विश्लेषण गरेपछि मात्रै त्यसको निष्कर्षका आधारमा निर्णय गरिनुपर्ने तर्क गरे ।

उनले संसदीय समितिमा भनेका छन्, ‘सरकारले सुटुक्क विधेयक ल्याउने, सुटुक्क संसदमा पेस गर्ने, केही सांसदहरूलाई भनसुन गर्ने, ल है यो विधेयकमा हाम्रो दलको धारणा हो, तिमीहरू चुप लाग भन्ने, समितिमा पठाउने खुसखास पार्ने, भन्ने आशय पनि छ की भन्ने मेरो आशय छ । नयाँ विश्वविद्यालयप्रति आकर्षण नै छैन । खोल्ने तर सुनसान छ । कतिपयले त यो विश्वविद्यालय विधेयकमा त गैरसरकारी शब्द पनि देखिएको छ । कतिपय बाहिरि फण्ड पनि ल्याउने रे भन्ने गाइँगुइँ पनि सुनेको छु । बाहिरि फण्ड खोजेर यहाँ मिडिया, टिभी, पत्रिका चलाउने हो भने के अर्थ छ रु यो गलत हो, यो गर्नु हुँदैन ।’

तर, मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयका रुपमा स्थापना गर्न खोजिएको सरकारको दाबी छ । सरकारले सार्वजनिक सेवालाई एनजिओकरण गरिसकेको छ, अब विश्वविद्यालय पनि एनजिओकरण हुने भय बढेको छ ।हालका शिक्षामन्त्री शिक्षामन्त्री शिशिर खनाल पनि सोही पुष्ठभूमिबाट आएका हुन् । टिचफर नेपालका सहसंस्थाक रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्री बनेका हुन् । पढ्न विदेश जाने विद्यार्थीलाई रोक्न नयाँ विश्वविद्यालय खोल्नुपरेको उनको तर्क छ । तर, नयाँ विश्वविद्यालय खोल्ने कि भएकै विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययनको वातावरण मिलाउने सरकारले जवाफ दिन सकेको छैन ।

  • प्रकाशित मिति : माघ १९, २०७९, बिहीवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८