• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

सन्दिपलाई पुन: थुनामा राख्नुपर्छ भन्दै महान्यायाधिवक्ता सर्बोच्च जाने

  • खबरदाता

सन्दिपलाई पुन: थुनामा राख्नुपर्छ भन्दै महान्यायाधिवक्ता सर्बोच्च जाने

माघ १७,२०७९

 

जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो ।

जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले सन्दीपलाई सर्तसहितको धरौटीमा रिहाइको आदेश पुस २८ गते गरेको थियो । उक्त आदेश प्रचलित कानुनविपरीत रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आदेशउपर सर्वोच्च जाने निर्णय भइसकेको बताए । रेग्मीले भने, “सर्वोच्च जाने निर्णय भइसकेको छ, मस्यौदालाई अन्तिम रूप दिएर एकरदुई दिनमै सर्वोच्चमा दर्ता गर्छौं ।’’

उच्चले सन्दीपलाई स्थान हदको बन्देज लगाउने सर्त पनि तोकेको थियो । उनलाई विदेश जान रोक लगाइएको छ । राहदानी रोक्का राख्न पनि आदेश गरिएको छ । काठमाडौँ उपत्यकाबाहिर जानसमेत प्रहरीको अनुमति लिनुपर्ने आदेश उच्च अदालतले गरेको छ ।

  • प्रकाशित मिति : माघ १७, २०७९, मंगलवार ०६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८