• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

गृहमन्त्रालयमै फर्कने रविको रुचीमा प्रधानमन्त्री बाधक

  • खबरदाता

गृहमन्त्रालयमै फर्कने रविको रुचीमा प्रधानमन्त्री बाधक

माघ १६, २०७९

 

 

सर्वोच्च अदालतको फैसलापछि बाध्य भएर उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट राजीनामा दिएका रवि लामिछाने फेरि त्यही मन्त्रालय सम्हाल्ने चाहना गख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।आइतबार दिउँसो नागरिकता पुनः प्राप्त गर्नासाथ पार्टी सभापतिमा पुनर्बहाली भए लगत्तै लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए ।केन्द्रीय समितिको बैठक राखेर हठात् पार्टी सभापतिमा फर्किएका लामिछानेले आफूलाई उपप्रधाधन तथा गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री दाहालसँग प्रस्ताव गरेको बालुवाटार स्रोतको भनाइ छ ।

संविधानतः प्रतिनिधिसधा सदस्य नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने भएकाले सोही प्रावधानमा टेकेर रविले पुनः गृहमन्त्री दाबी गरेका हुन् । तत्काल उपप्रधान तथा गृहमन्त्री बनाउने र केही महिनापछि चितवन २ बाट सांसद जितेर आउने रविको योजना रहेको छ ।रविको पासपोर्टमाथि प्रहरीले गरिरहेको अनुसन्धान र सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म रविलाई गृहमन्त्री नबनाउने अडानमा प्रधानमन्त्री दाहाल देखिन्छन् ।सांसद नहुँदै उपप्रधान तथा गृहमन्त्री बन्ने रविको चाहनामा सत्तारुढ गठबन्धनको ठूलो दल नेकपा एमालेको साथ देखिएको छ । लामिछानेलाई पुनर्बहाली गर्न एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्रीलाई दबाव दिएका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भने सहमत भइसकेका छैनन् ।यही कारणले गठबन्धन भत्कन सक्ने आशंका गर्दै ओली रविलाई गृहमन्त्री बनाएर गठबन्धन जोगाउन चाहन्छन् ।

प्रधानमन्त्री प्रचण्ड र उनको पार्टी भने गृहमन्त्रालय अरुलाई नदिई आफैंसँग राख्ने पक्षमा देखिएकाछन् ।प्रधानमन्त्री हुने दलले नै गृहमन्त्रालय वा अर्थमन्त्रालय राख्नुपर्छ भनेर बैठकमा नेताहरुले भनेपछि प्रधानमन्त्री दाहाल हातमा आएको जिम्मेवारी सहजै हस्तान्तरण गर्ने पक्षमा छैनन् । रविकै कारण गठबन्धन भत्कन सक्ने कतिपयले आकलन गरेका छन् । राष्ट्रपतिको निर्वाचनको बेलासम्म गठबन्धन फेरबदल हुन सक्ने राजनीतिक विश्लेषकहरुको अनुमानछ ।राष्ट्रपतिमा आश गरेर बसेको नेपाली कांग्रेससँग पनि सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्ने प्रधानमन्त्री प्रचण्डको भनाईले एमाले रुष्ट देखिन्छ । गठबन्धन बचाउनकै लागि अहिले एमालेका नेताहरु रविको पक्षमा ओकालत गर्दै हिँडिरहेको छ । रविको विषयलाई उचालेर गठबन्धन भाँडन खोजेको भन्दै त्यसप्रति कांग्रेस सशंकित छ ।

शुक्रबार राजीनामा बुझाउँदै गर्दा उपप्रधान र गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउनुपर्ने रविले प्रधानमन्त्री दाहालसँग माग गरेका थिए । तर, प्रधानमन्त्रीले गृहमन्त्रालयले आफैंसँग रहने जवाफ दिएका थिए ।रविले गृहमन्त्रीबाट राजीनामा दिएपछि दोहोरो पासपोर्टको विषयमा अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ । हुनत लामिछानेले नयाँ नागरिकता प्राप्त गरे लगत्तै राहदानी विभाग पुगेर पुरानो नागरिकता अनुसार बनेको पासपोर्ट फिर्ता गरेका छन् । दुई देशको पासपोर्ट सँगै लिनु अवैध हठर्छ । त्यस्तामाथि कानूनी कारबाहीको छुट्टै व्यवस्था छ । रविको हकमा पनि त्यो विषय उठ्ने देखिन्छ ।

  • प्रकाशित मिति : माघ १६, २०७९, सोमवार ०६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८