माघ १३, २०७९
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) समक्ष राजीनामा बुझाएका छन् ।
सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
संवैधानिक इजलासको फैसलासँगै लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ ।
लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८