माघ १३,२०७९
चितवन – साईकलबाट लडेर चितवनमा एक जनाको मृत्यु भएको छ ।
प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा सुन बहादुर लोप्चन रहेका छन।
रत्ननगर नगरपालिका ८ चित्रसारी मन्दिर नजिकै बागमाराबाट चित्रसारी तर्फ आउँदै गरेका सोही ठाँउका ४८ बर्षिय लोप्चनको शुक्रबार बिहान करिब १०स्१५ बजे मृत्यु भएको हो।
उनी साईकलबाट आफै लडि बेहोस भई घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता एवम् डिएसपी बिजय राज पण्डितले बताए ।अहिले मुचुल्का सहितको टोली खटीई घटना स्थलको मुचुल्का उठाउने कार्य भईरहेको प्रहरिको भनाइ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८