• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

  • खबरदाता

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

माघ १२, २०७९

 

सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय पुगेको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार दुई सय कायम भएकोमा आज प्रतितोला रू सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा रू १५ ले बढेर प्रतितोला रू एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ । रासस

  • प्रकाशित मिति : माघ १२, २०७९, बिहीवार १३:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८