• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रपतिबारे मलाई धेरै नजिस्काउ : ओली

  • खबरदाता

राष्ट्रपतिबारे मलाई धेरै नजिस्काउ : ओली

माघ ११, २०७९

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका बारेमा आफूलाई धेरै नजिस्काउन भनेका छन् । राष्ट्रिय सहमतिमा राष्ट्रपति हुने चर्चा भइरहेको बेला उनले यस्तो बताएका हुन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘मलाई यो कुरामा धेरै नजिस्काउनुस् न तपाईंहरू जतिबेला भेट्यो, त्यतिबेला जिस्क्याउनुहुन्छ तपाईंहरू । मैले भन्ने कुरा भनिसकेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसले समेत राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहेका छन् भने नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गर्दैछन् । ओलीले भने, ‘एमालेले उठाएको उम्मे्दवारमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

यसअघि सभामुखको निर्वाचनपछि उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा हुनुपर्ने बताएका थिए । उनले भने, ‘एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । यसमा राष्ट्रिय सहमति हुन्छ ।’

  • प्रकाशित मिति : माघ ११, २०७९, बुधवार १६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८