माघ १०, २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको कुर्सी धरापमा परेको छ । सुदूरपश्चिम प्रदेशका निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना संरक्षक रेशम चौधरीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाएपछि रावलको कुर्सी धरापमा परेको हो ।सात सिट रहेको नागरिक उन्मुक्तिले एमाले नेता रावललाई मुख्यमन्त्री बनाउन समर्थन गरेको थियो । तर, अहिले चौधरीको रिहाइ मुख्य सर्तका रूपमा राखेपछि रावललेले विश्वासको मत पाउने नपाउने धरमर छ ।
सुदूरपश्चिमा नागरिक उन्मुक्तिले समर्थन नगरे रावलले विश्वासको मत पाउन छैनन् र सरकार ढल्न सक्छ ।सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएको दोस्रो दिन सभामुख चयनमा बहुमत सिद्ध भएको थियो । तेस्रो पटकको चुनावमा मात्र उन्मुक्तिले सभामुख चयनमा सघाएको थियो । र, माओवादीका भीमबहादुर भण्डारी सभामुखमा निर्वाचित भएका थिए ।
त्यही भएर रावल काठमाडौं पुगेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । त्यसबाहेक एमाले अध्यक्ष केपी ओली लगायत नेतासँग पनि भेट्ने कार्यक्रम छ ।प्रचण्डसँग मुख्यमन्त्री रावल, नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीसहितका नेताले भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्रीले रेशमको रिहाइको मागका सन्दर्भमा प्रक्रिया पूरा गरेर रिहा गर्ने गराउने प्रतिबद्धता गरेको भेटमा सहभागी एक नेताले बताए‘हाल सदन चलिरहेकाले अध्यादेश ल्याउन नसकिने, विधेयकको बाटो पनि सहज नभएको र न्यायपालिकाको पनि सवाल भएकाले कठिनाइ भए पनि रिहाइका लागि हरसम्भव प्रयत्न गर्ने आश्वासन प्रचण्डले दिएका थिए । त्यसबाहेक प्रदेश प्रमुखसमेत नागरिकलाई दिनेमा पनि छलफल चलेको छ ।
सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी सत्तापक्षमा २९ सांसद छन् । प्रतिपक्षी कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सांसद छन् । गठबन्धन दलबीच मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्तिले पाउने सहमति भएको थियो । तर उन्मुक्तिले उपसभामुख लिन नमान्दा एमालेकै कोइलीदेवी चौधरी निर्वाचित भइन् ।कांग्रेस भने नागरिक उन्मुक्तिलाई फकाइरहेको छ । उसले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर गरिरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति कांग्रेसतिर लागेमा कांग्रेस, नागरिक उन्मुक्ति एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको सरकार बन्छ । कांग्रेस नेताहरु यही कसरतमा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८