• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

भारतमा अपहरित दुई नेपाली युवकको हत्या

  • खबरदाता

भारतमा अपहरित दुई नेपाली युवकको हत्या

माघ ८,२०७९

 

भारतमा अपहरणमा परेका दुई जना नेपाली युवकको हत्या भएको छ। उनीहरूको शव नेपाल ल्याउन लागिएको छ।

दुई साता अघि जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र जनकपुरधाम(१३ का २२ वर्षीय बिष्णु साह भारत गएका थिए। बिष्णुलाई लिएर रोहित भारतको सितामढी जिल्लास्थित बेला परिहारमा रहेको नातेदारको घर गएका थिए।

उनीहरू नातेदारको घरमा छविहारको भोज खान गएको परिवारजनले बताए। दुवै जना एकाएक पुस २६ गते सम्पर्कविहीन भएका थिए।

दुवै जना सम्पर्कविहीन भएको केही दिनपछि परिवारजनलाई फोन आएको थियो। भारतीय नम्बरबाट आएको फोनमा ५० लाख फिरौती मागिएको उनीहरूका आफन्त देवनारायण साहले बताए।

परिवारजनले त्यति रकम तिर्न नसक्ने बताएपछि २० लाख माग गरिएको थियो। उनीहरूका परिवारजनलाई २० लाख लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो।

पैसाको जोहो गरेर मलंगवा नाका पुगेपछि फिरौती माग्नेहरूको मोबाइलमा सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्। त्यसपछि उनीरूले दुवैतिरका प्रहरीलाई खबर गरेका थिए।

आइतबार बिहान भारतीय प्रहरीले दुई वटा शव फेला परेको खबर गरेका थिए। त्यहाँ गएका आफन्तजनले शव हेर्दा विष्णु र रोहितको भएको पत्ता लागेको हो।

दुवै जनाको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ। भारतीय प्रहरीले नेपाल प्रहरीलाई शव बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

दुवै जना युवका आफन्तलाई लगेर नेपाल प्रहरीको टोली भारत पुगेको छ। दुवै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : माघ ८, २०७९, आइतवार १३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८