• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कोइरी पक्राउ नपर्नु गृह प्रशासनको मिलेमतो : एमाले सचिब महासेठ

  • खबरदाता

कोइरी पक्राउ नपर्नु गृह प्रशासनको मिलेमतो : एमाले सचिब महासेठ

माघ ८,२०७९

 

 

गृह मन्त्रालयले ज्यान मुद्दामा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित निर्देशन दिएको दुई दिन बित्दासमेत उनी फेला परेका छैनन् । गृहमन्त्री रवि लामिछानलेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदापनि उनी पक्राउ पर्न नसकेपछि लिखित रुपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका थिए ।

प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएपनि पक्राउ भने पर्न नसकेका हुन् । यसैबीच एमालेले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको आरोप लगाएको छ । एमालेका सचिव रघुवीर महासेठले अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन भन्दै प्रश्न गरे । यो मामिलामा गृह प्रशासन नै दोषी भएको उनले दाबी गरे । सांसद महतोलाई पार्टीले वा पार्टीका नेताहरुले संरक्षण गरेको आरोपमा कुनै सत्यता नरहेको उनले बताए ।

कोइरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा संसद भवनमा उपस्थित भएका थिए । ‘सांसद संसद भवन छिर्दा पनि प्रहरी बाहिरिँदा पनि प्रहरी हुन्छ । तर पनि उनी पक्राउ नपर्नुमा गृह प्रशासनको मिलोमतो हो’, उनको भनाइ छ । तपाईँहरुले संरक्षण गर्दा पक्राउ पर्न नसकेको आरोप छ नि भन्ने प्रश्नमा उनले कानूनी कारवाहीबाट बचाउन पार्टीले कसैलाई प्रभावित नपारेको जिकिर गरे ।

सचिव महासेठले न्यायिक इजलासबाटै दोषी ठहर भएको व्यक्तिलाई गृहमन्त्रीले पनि निर्देशन दिनु नपर्ने धारणा राख्दै यसमा गृह प्रशासनकै कार्यशैली शंकास्पद भएको बताए । मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका जवान प्रेम बहादुर विकको हत्या प्रकरणमा यादवलाई उच्च अदालतले दोषी ठहर गरेको थियो । हत्या आरोपका बीच उनी महोत्तरी १ बाट संघीय सांसदमा निर्वाचित भएका थिए ।

तत्कालिन राष्ट्रिय जनता पार्टीमै रहँदा मधेश आन्दोलनको क्रममा विकको हत्या भएको थियो । उक्त हत्या प्रकरणमा कोइरी संलग्न रहेको जिकिरसहित मुद्दा दायर भएको थियो । विक हत्या प्रकणरमा देवेन्द्र यादव, कौशल कुमार यादव, अभिराम शर्मा र अनिल ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको थियो । २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा विकको हत्या भएको थियो ।

  • प्रकाशित मिति : माघ ८, २०७९, आइतवार १३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८