• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

सोमबार र मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने

  • खबरदाता

सोमबार र मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने

माघ ८, २०७९

 

आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ । बाँकी सबै क्षेत्रमा मौसम सामान्यतया सफा छ ।

 

आज दिउँसो पनि प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू-भागमा मौसम सफा रहनेछ।

आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू(भागको मौसम सफा रहनेछ ।

सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ८, २०७९, आइतवार ०९:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८