• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उच्च स्तरीय संयन्त्रका कारण प्रधानमन्त्री दाहालको अधिकार संकुचन भएकै हो ?

  • खबरदाता

उच्च स्तरीय संयन्त्रका कारण प्रधानमन्त्री दाहालको अधिकार संकुचन भएकै हो ?

माघ ७, २०७९

 

 

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालको अधिकारको दायराका विषयमा सार्वजनिक बहस सुरु हुन थालेको छ । के उनी विगतका प्रधानमन्त्रीभन्दा कमजोर नै हुन् त रु भन्नेहरु पनि छन् ।

सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ओलीको संयोजकत्वमा गठित उच्च स्तरीय राजनीतिक संयन्त्रका कारण प्रधानमन्त्री दाहालको अधिकार संकुचन भएको विश्लेषण हुन थालेको छ । विगतमा उच्च स्तरीय संयन्त्रलाई संविधानले नचिन्ने बताएका ओली आफैं संयन्त्रका संयोजक बनेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त प्रधानमन्त्रीलाई ओलीले पिँजडामा राख्न खोजिएको आरोप नै लगाए ।

उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजकमा ओलीको उपस्थितिले मात्र होइन, गठबन्धन सरकारको संरचनाले पनि प्रधानमन्त्रीलाई कमजोर बनाएको देखिन्छ । गृह, अर्थ, परराष्ट्र र रक्षा जस्ता मन्त्रालय प्रधानमन्त्रीको दलले नपाएको अवस्थामा अन्य दलको इच्छाअनुसार चल्नुपर्ने बाध्यता छ । सत्ताको नेतृत्व प्रचण्डले गरेको देखिए पनि स्टेरिङ एमालेको हातमा रहेको राजनीतिक बृत्तमा चर्चा छ।

विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई स्वच्छाले काम गर्ने वातावरण नदिएको आरोप लगाएर गठबन्धन भत्काउन खोज्दैछ । दाहालका सामू धेरै चुनौती देखिन्छ । भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गर्ने न्यूनतम कार्यक्रमलाई मुख्य लक्ष्य बनाएको दाहाल नेतृत्वको सरकारमा स्वार्थ बाझिने ठेकदारलाई सहभागी गराइएको हुँदा सरकारलाई भ्रष्टाचारविरोधी कदम चाल्नसमेत चुनौती देखिएको छ ।

हुन त दाहाल प्रधानमन्त्री नियुक्त भएको एक महिना पनि पुगेको छैन । अहिले नै प्रधानमन्त्रीको मूल्यांकन गरिहाल्ने बेला भएको छैन ।एमालेका अध्यक्ष ओलीले सरकारलाई असहयोग भएको अवस्थामा उच्च स्तरीय राजनीतिक संयन्त्रलाई तत्काल खारेज गर्ने चेतावनी दिएका छन् ।उनले संयन्त्रसँग आफू आशावादी रहे पनि सरकारलाई असहयोग भएको अवस्थामा खारेज हुने बताए ।

  • प्रकाशित मिति : माघ ७, २०७९, शनिवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८