माघ ३, २०७९
जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई नाबालिका बलात्कारको अभियोगबाट सफाइ दिएको छ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ ३ गते अभियोग दाबी नपुग्ने फैसला गरेको हो। एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा शाह विरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा चलाइएको थियो।
तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् । शाह करिब एक वर्षयता थुनामा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८