• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

  • खबरदाता

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पुस -२३, २०७९

कोरोना संक्रमणबाट नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।

आज ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज तीन जना संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।

  • प्रकाशित मिति : पुस २३, २०७९, शनिवार ०७:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८