• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागमती एमालेको संसदीय दलमा जेएन थपलिया सर्वसम्मत

  • खबरदाता

बागमती  एमालेको संसदीय दलमा जेएन थपलिया सर्वसम्मत

पुस १४,२०७९

 

नेकपा एमालेले जेएन थपलियालाई बागमती प्रदेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको केन्द्रीय सदस्य रहेका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत थिए ।

बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।

बागमती प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले दाबी गरेका छन् ।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार १३:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८