• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

ओली भए सत्ता साझेदार दलको संयोजक, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

  • खबरदाता

ओली भए सत्ता साझेदार दलको संयोजक, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

पुस १४,२०७९

 

 

सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्।

बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए।‘सरकारको उद्देश्य प्राप्तिका लागि न्युनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ। यसका लागि हामीले संयोजक तोकेका हौँ,’ उनले भने।

ओली नेतृत्वको समितिमा अन्य दलका सदस्य पनि सहभागी हुने लामिछानेले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ।

यसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। पाँच दिन भित्र न्युनतम साझा कार्यक्रम ल्याउने उनीहरूको तयारी छ।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार ११:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८