पुस १३, २०७९
काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) कलेजमा दुई पक्षबीच झडप भएको छ।
बुधबार बिहान आरआर कलेजमा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। घाइतेको उपचारको लागि मोडल अस्पताल लगिएको छ।
भलिबल खेल्ने कुरामा विवाद सुरू हुँदा विद्यार्थीहरूबीच झगडा भएको उनले बताए। विद्यार्थीहरूले ढुंगा हानाहान गरेको उनले बताए।
घटनाको अनुसन्धानको लागि केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। झडप भएपछि कलेजमा सुरक्षाकर्मीहरू खटिएका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८