• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी

  • खबरदाता

आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी

पुस ११, २०७९

 

प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ।

बैठक संसद भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ।

बैठकमा सानो आकारको मन्त्रिपरिषद आजै गठन गरिने विशेष स्रोतले जनाएको छ।

पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार गठनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको हो।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पदाधिकारी बैठकमा सरकारमा जाने मन्त्रीहरूको विषयमा छलफल भइरहेको छ।

यसैगरी, नेकपा एमाले पनि सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन आन्तरिक छलफलमा छ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नै शपथ ग्रहण गर्दैछन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज अपराह्न ४ बजे उनको शपथ तय गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

  • प्रकाशित मिति : पुस ११, २०७९, सोमवार ०९:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८