• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

लिटिल फ्लावर स्कुलमा क्रिश्मसको रौनक

  • खबरदाता

लिटिल फ्लावर स्कुलमा क्रिश्मसको रौनक

पुस ९,२०७९

 

 

भरतपुर – लिटिल फ्लावर स्कुल नारायणगडले क्रिश्मसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

सधैंका बर्षझै यसपटक पनि स्कुलले सनिवार आफ्नै प्राङ्गणमा विद्यार्थी र अभिभावकलाई बोलाएर कार्यक्रम गरेको हो।

कार्यक्रममा हरेक विद्यार्थीले आफ्नो इच्छा अनुसार पचास रुपैयाको टिकट खरिद गरि पुरस्कार पाउने ब्यबस्था गरिएको थियो। टिकट खरिद गर्ने सबैलाइ पुरस्कार प्रदान गरिएको थियो भने अन्तिममा ११ जनालाई लक्किड्र मार्फत विशेष पुरस्कार समेत प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल रोबि फादरले टिकटबाट उठेको रकम गाउँका गरिब विद्यार्थीलाई न्यानो कपडा बितरण गर्न प्रयोग गरिने बताए ।आउँदा दिनमा कार्यक्रम अझै भब्यताकासाथ गरिने समेत उनले बताए ।

उक्त स्कुलले लामो समय देखि गाउँमा रहेका गरीब विद्यार्थी तथा दैबिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको छ।

  • प्रकाशित मिति : पुस ९, २०७९, शनिवार २१:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८