• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

गोली हानेर बारामा भारतीय नागरिकको हत्या

  • खबरदाता

गोली हानेर बारामा भारतीय नागरिकको हत्या

पुस ८, २०७९

 

बारामा एक जना भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको छ।

शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका(२ भुतही पुलमा एक भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मृतक भारतको मोतिहारी छौडादानो बस्ने ४५ वर्षीय शिवपुजन यादव छन्।

उनको उपचारको लागि एलएस न्युरो अस्पताल परिवानीपुर पठाइएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार उनको छातीमै गोली लागेको हो।

उनीमाथि भारतीय नम्बरको मोटरसाइकलमा सवार तीन जना र अर्कोमा दुई जना सवार अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोली प्रहार गरेको भन्ने खबर पाएपछि एसपीको कमान्डमा टोली खटिएको थियो।

गोली हान्ने व्यक्तिहरू फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यादव बिहीबारमात्रै भारतबाट नेपाल आएका थिए।

एसपी बोगटीका अनुसार उनी पनि आपराधिक पृष्ठभूमिकै मानिस हुन्।

‘हिजो मात्रै नेपाल आएर बसेका रहेछन्। आपराधिक पृष्ठभूमिकै व्यक्ति हुन्,’ उनले भने, ‘भागेरै आएको मान्छे देखिन्छ। बोर्डरको ५-६ किलोमिटर यता आएर हानेर गएको देखिन्छ। सँगै रहेका दुई जनालाई नियन्त्रणा लिएर सोधपुछ गरेका छौं।’

उनी के-कस्ता आपराधिक गतिविधिमा संलग्न थिए भन्नेबारे बुझिरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : पुस ८, २०७९, शुक्रवार २०:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८